हिपमत डटकम
काठमाडौं,२० माघ : यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका नेपाल प्रहरीका एसएसपी सौरभ राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत सुनसरीले सोमबार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गृह मन्त्रालयमा इटहरीकी एक महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी दिएपछि राणा निलम्बनमा परेका थिए । यस्तै ती महिलाले शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि किटानी जाहेरी दिएकी थिइन् । उजुरीपछि आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका राणाले आरोप भने अस्वीकार गर्दै आएका छन् । पीडित महिलाले भने इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको बताएकी छिन् । एसएसपी राणा संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैरियसमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!