इशिका नेपाल

बिहिबार, चैत्र ०५, २०७७ || 873  पटक पढिएको

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको २१ औँ वार्षिक सभाको अवसरमा चलचित्र पत्रकार दाङ शाखाका अध्यक्ष शिव पुनलाई कदर पत्र प्रदान गरिएको छ ।

 अध्यक्ष पुनले दाङमा रहेर चलचित्र पत्रकारिता गर्दै आएका छन् । उनले चलचित्र पत्रकारितामा पुर्याएको योगदानलाई मध्यनजर गर्दै उनलाई सो पत्र प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले पुनको प्रशंसा गर्दै कदर पत्र प्रदान गरेका हुन् ।
अध्यक्ष पुनले भने , “खुसी लागेको छ । अझै थप जोश बढेर आएको छ । यो कदर पत्रले आफ्नो कर्ममा अझै उर्जा दिई सक्रिय रहन अवश्य भूमिका खेल्नेछ ।”
दाङमा रहेर चलचित्र पत्रकारिता गर्न चुनैतीहरु भए पनि त्यसलाई सहजै पार गरेर अघि बढ्ने हौसला मिलेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!