हिपमत डटकम

बिहिबार, चैत्र ०५, २०७७ || 1645  पटक पढिएको

अग्रजहरूको–
रगत पसिनाले सिंचित जगमा ।
मिहिनेतले –
बनाएको आफ्नै घर ।
सभ्यता र संस्कृतिको –
प्रतीक बनेको आफ्नै घर ।
सौभाग्यको पर्याय रहेको हाम्रो घर !
भाग्य र भविष्यको प्रतीक हाम्रो घर !
विडम्वना !
कुनैवेला त्यही घरमा
विरानो जस्तो बन्यौं – हामी ,
हराएको जस्तो बन्यौं/ बनाइयौं – हामी !
साँच्चै भनौं –
सभ्यता र संस्कृति सुरक्षित रहन्न कि भन्ने लाग्यो
भाग्य र भविष्यलाई कालो बादलले ढाक्छ कि भन्ने लाग्यो !
सौभाग्य लुटिए जस्तो लाग्यो
बाँच्न मुश्किलनै पर्छ कि भन्ने लाग्यो !
आज त्यही घरमा पुगेकाछौं !
मेरो प्रिय घर !
यही घरबाट आफ्नै अर्थी निस्कियोस् – मलाइ मन्जूर छ
तर सौभाग्यलाई चुक्न दिने छैन
स्वाभिमानलाई झुक्न दिनेछैन!
सभ्यता र संस्कृतिको रक्षाका लागि
झण्झावातसित जुध्न मन्जूर छ
तर , म हराउन सक्तिन – मेरो घर !
म छोड्न सक्तिन मेरो घर !!

-बिपिन यादव

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!