
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित “एक और नरेन्द्र” हिन्दी फिल्म निमार्ण हुन गई रहेको छ । चौहान “एक और नरेन्द्र” मा मोदीको भूमिका गजेन्द्र चौहानले गर्ने छ । गजेन्द्र चौहान लोकप्रिय हिन्दी सीरियल महाभारतमा युधिष्ठिरको भूमिका गरेका थिए ।

यस अघि विवेक ओवराय र महेश ठाकुरले समेत मोदीको भूमिका गर्ने प्रयास गरेका हुन् र अब “एक और नरेन्द्र” महाभारतका युधिष्ठिर अर्थात गजेन्द्र चौहानले सो भूमिका गर्ने छन् ।
फिल्मका निर्देशक मिलन भौमिकका अनुसार “एक और नरेन्द्र” मा स्वामी विवेकानन्द र प्रधानमन्त्री नरेन्द्र मोदीको विचार समेटिएको छ । फिल्ममा एकातिर नरेन्द्रनाथ दत्तकोे रुपमा स्वमी विवेकानन्दको जीवनी बारे देखाइनेछ भने अर्को तिर प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा फेक्स गर्ने छ । स्वामी विवेकान्नद जीवनभर भाईचारेको सन्देश दिएका थिए, जबकि नरेन्द्र मोदीलाई एक महान नेता रहेको निर्देशक मिलनको मान्यता रहेको छ ।
फिल्मको सुटिङ्ग मार्चबाट नै शुरु हुने भएको छ । फिल्मको अधिकांश भाग गुजरात र कोलकतामा शुटिङ्ग गरिनेछ । योजना अनुसार कार्य भयो भने १७ सेप्टेम्वर २०२१ अर्थात प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा फिल्म रिलिज गर्ने योजना अघि सारेका निर्माण पक्षले जानकारी दिएका छन् ।