नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाभन्दा पशुपतिनाथमाथि अत्यधिक विश्वास राख्नुभएको टिप्पणी गर्नुभएको छ । आज राजधानीमा आयोजित नेकपाको विरोध सभामा बोल्दै उहाँले प्रधानमन्त्री ओली तानाशाह बनिसकेकाले पशुपतिनाथको शरणमा पुग्नुपरेको बताउनुभयो ।

नेता पन्तले प्रधानमन्त्री ओलीले सँधै जनतालाई ढाँट्ने गरेको बताउँदै भन्नुभयो ‘कुनै सभामा सम्बोधन गर्दा प्रचण्ड र माधव नेपालको असहयोगले जनताको अपेक्षा पूरा गर्न नसकिएको भनेर उल्लेख गर्ने र आफ्नै भनाइको खण्डन हुने गरी अर्कोतर्फ आफ्नो कार्यकालमा जति विकास हालसम्म कुनै प्रधानमन्त्रीको पालामा नभएको दाबीले उहाँका कुरा सबै झुठा प्रमाणित भएको छ ।’

प्रधानमन्त्री ओलीले पशुपतिमा सुनको जलहरीका लागि करोडौं रूपैयाँ निकासा गरेकोमा आलोचना गर्दै पन्तले त्यस्तो रकम अन्यत्र निकासा गर्न सुझाव दिनुभएको छ । उहाँले जनता चिसोले मृत्युवरण गरिरहेको भन्दै तराईका जनतालाई चिसोबाट बचाउन आग्रह गर्नुभयो र भन्नुभयो ‘ओलीले सुनको सिंहासन खोज्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!