प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले पशुपतिमा पूजा गर्दा सबैले मन पराएकाे बताएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भैँसीपूजा गरेकाे प्रसंग जाेड्दै थापाले दुवै कम्युनिस्ट नेताकाे धार्मकताकाे तुलना गरेका छन् ।

सामाजिक सञ्जालमा नेकपाकाे दुइ फरक खेमाका अध्यक्ष रहेका दुवै नेताकाे तस्वीर राख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले पशुपतिनाथमा पूजाआजा गरेको विषयले सर्वत्र प्रशंसा पाएकाे बताएका हुन् । फेसबुकमा थापाले दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँ (प्रधानमन्त्री) काे यस कार्यकाे सर्वत्र प्रशंसा भएकाे बताएका हुन् ।

उनले प्रधानमन्त्रीद्वारा मन्दिरमा सुनकाे जलारी निर्माणकाे याेजनामा जम्मा रहेकाे ६५ कराेड बजेटमा सरकारका तर्फबाट ३० कराेड उपलब्ध गराउने प्रतिबद्धता भएकाे समेत जानकारी गरेका छन् । ‘पहिले पित्तल र तामाकाे जलारी रहेकाेमा अब १४१ किलाे सुनकाे जलारी निर्माणकाे सुनिश्चितता भएको छ,’ थापाले लेखेका छन्, ‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँकाे यस कार्यकाे सर्वत्र प्रशंसा भएकाे छ ।

थापाले पूर्व प्रधानमन्त्री प्रचण्डले भैँसीपूजा गरेकाे भनेर तस्वीरसँगै उक्त कार्य पशुपतिमा पूजा गर्नुजस्ताे स्वाभाविक नभएकाे बताएका छन् । ‘पुष्पकमल दाहाल “प्रचण्ड” ले आफ्नाे शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियाे,’ थापाले लेखेका छन्, ‘भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणकाे लागि पूजा गर्नुजस्ताे स्वभाविक मानिँदैन ।’

नेपालमा प्रायः कम्युनिष्टहरूले धर्मकर्मकाे विराेध गर्दै अाएका छन् । कम्युनिस्ट प्रधानमन्त्रीहरूले पशुपतिनाथमा विशेष पूजाआजा गरेकाे इतिहास छैन, प्रधानमन्त्री ओलीले यही माघ १२ गते बिहान पशुपतिनाथमा विशेष संकल्प पूजा गरेपछि उनी थप चर्चामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!