हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 844  पटक पढिएको

हेटौँडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दुरीको मार्ग दुई महिनाका लागि बन्द हुने भएको छ । निर्माणाधीन भीमफेदी–कुलेखानी सडक खण्ड यही माघ १० गतेदेखि आगामी चैत्र १० गतेसम्मका लागि बन्द हुने भएको हो ।

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाका प्रवक्ता हरिप्रसाद ओझाले निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीहरुमा सिमेन्ट कङ्क्रिट ढलान हुने भएकोले सडक बन्द गरिएको जानकारी दिनुभयो ।उहाँले उक्त सडक आयोजनाको निर्माण कार्यसँग सम्बन्धित सवारी साधनहरु बाहेक अन्य सवारी साधनहरू दुई महिनाका लागि सञ्चालन गर्न रोक लगाईएको बताउनुभयो ।

भीमफेदी–कुलेखानी १६ किलोमिटर सडक खण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । भीमफेदी–कुलेखानी सडक अबरुद्ध भएसँगै हेटौँडाबाट काठमाडौँ जान अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!