हिपमत डटकम
काठमाडौं ,१३ माघ:गायिका आस्था राउत चार दिन हिरासतमा बस्ने भएकी छन् । प्रहरीसँग आत्मसमर्पण गरे पनि उनलाई काठमाडौँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । त्यो संगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

केही दिन अगाडि आस्था र प्रहरीबिचको सीसी केमेरा फुटेजले निकै चर्चा पाएको थियो । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीले आफूलाई दुर्व्यवहार गरेको आरोपमा उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् । प्रहरी जवान रमिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।

https://www.facebook.com/deepakrajgiri84/posts/2907095749354080

उनलाई सम्झाउँदै कलाकार दिपकराज गिरीले समेत भावुक भएर स्टटस लेखेका छन् ।

प्रिय आस्था बहिनी…

यो बिषयमा लेख्न मन थिएन तर तिम्ले निरन्तर गालि खाएको देखेर किन किन लेख्न मन लाग्यो
म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू
…..समस्या कॉहाबाट आयो भने … तिम्ले भिडको सामना गर्दै प्रहरी लाइ चेक गराउदै अधि बढ्नु पर्यो .. भिड र संबेदनशील क्षेत्र मा काम गर्ने प्रहरी जवान हरू लाइ छुट्टै प्रेसर हुन्छ .. उनिहरू लाइ छुट्टै दवाव हुन्छ .. उनिहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ति भए ज़ागिरै संकटमा पर्छ … त्यस्तो बेला उनिहरू वाट अलि रूखो ब्यबहार निस्किन्छ पनि त्यॉहा पनि निस्कियो होला
तर हामि कलाकार वा सेलेब्रिटीज़ को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ… सेलेब्रिटीज़ भनेको सेतो कपडा रहेछ .. अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ .. अत सहनु पर्ने हामिले नै रहेछ …. बिदेशमा प्राय: यस्तो घटना हूदैन किनकि त्यॉहा नेता मात्रै vip हूदैनन् धेरै कर तिर्ने ब्यापारिहरू , नाम चलेका खिलाड़ी, कलाकार हरू लाइ पनि vip मानिन्छ र सुबिधाजनक ढंगले चेक जॉच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै vip हो .. यो संबेदनशीलता लाइ हामिले बुझ्नु पर्छ किनकि हामि भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अबस्थामा हामि सतर्क हुनै पर्छ
मापसे कान्ढमा म पनि परे गल्ति मेरै थियो तर जब म प्रहरी को पन्जामा परे म माथि भएको दूर्ब्यबहार डर लाग्दो नै थियो तर मेरो कुरा लाइ कसैले गम्भीरतापूर्वक नै लिएनन् … यसबारे हामिले नै होसियार हुनु पर्ने रहेछ …हामि लाइ अन्याय नै भयो भने पनि
“कलाकार हो फूर्ती देखायो होला फस्यो नि “भनिदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पॉउ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ …तिम्लाइ पनि त्यस्तै केहि रूखो ब्यबहार प्रयोग भयो होला … तर गल्ति तिम्रो फ़ेसबुक लाइभ ले गर्यो त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो
तिमिलाइ केहि नभइ त्यस्तो भनिनौ होला … तर बाहिर बाट हेर्दा तिमि नै अमर्यादित देखियो अत: यो घटना लाइ तिमिले हामिले सबैले एउटा पाठको रूपमा लिनु पर्छ … जे हुन्छ राम्रैको लागि हुन्छ
आज कतिपय स्ट्याटस हरू “ कलाकार यस्तै घमण्डी हुन्छन् “ भनेर आउछ दुख लाग्छ … त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनी संग म माफ़ी माग्छू तिमि पनि माग …. सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन , हामि सामान्य नागरिक नै हौ यो बास्तबिकता लाइ बुझौ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!