हिपमत डटकम

शनिबार, माघ ०३, २०७७ || 868  पटक पढिएको

भारतमा उत्पादन भइरहेको कोरोनाविरुद्धको भ्याक्सिन ‘कोभिसिल्ड’ लाई नेपालमा आपतकालीन प्रयोगको लागि अनुमति दिइएको छ । औषधी व्यवस्था विभागले सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको उक्त भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

सशर्त अनुमति दिने निर्णय गरिएको विभागले जनाएको छ । विभागले दुई दिनअघि आपतकालीन अनुमतिको लागि प्रयोग गरिने भ्याक्सिन दर्ताको निम्ति आह्वान गरेको थियो ।

‘कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएकोको भ्याक्सिन हो । यो भ्याक्सिनलाई भारतमा पनि आपतकालीन प्रयोगको लागि अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!