हिपमत डटकम

मंगलबार, पौष २८, २०७७ || 980  पटक पढिएको

अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले जो बाइडेनको सपथअघि अमेरिकामा अर्को प्रदर्शन हुनसक्ने चेतावनी दिएको छ । २० जनवरीमा बाइडेनले सपथ लिदैंछन् ।

एफबिआईका अनुसार २० जनवरीमा बाइडेनले सपथ लिदाँ हतियारधारी समूहहरुले ५० वटै राज्यका संसद् भवन र वासिङटन डिसीमा समेत प्रदर्शन गर्ने योजना बनाइरहेका छन् । बाइडेनको सपथ समारोहलाई लिएर सुरक्षा व्यवस्था कडा बनाइएको छ । यस्तो खबरले अधिकारीहरुलाई थप चिन्तित बनाएको छ ।

शुुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै बाइडेनले अमेरिकी संसद् भवनबाहिर सपथ लिन आफुलाई कुनै डर नलागेको बताएका छन् । गत साता संसद् भवनमा हिंसात्मक प्रदर्शन र हुलदंगा भएपनि राष्ट्रपति र उपराष्ट्रपति दुुबैले संसद् भवनको कार्यालयबाहिर नै सपथ लिने अपेक्षा गरिएको छ । यद्यपी, यहाँ सुरक्षा व्यवस्था निकै कडा हुनेछ । यसअघि ६ जनवरीमा संसद् भवनभित्र छिरेर ट्रम्प समर्थक प्रदर्शनकारीहरुले ताण्डव मच्चाएका थिए । त्यसक्रममा गोली चल्दा मर्नेको संख्या ५ पुगिसकेको छ ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनबाट जो बाइडेन अमेरिकाको ४ औं राष्ट्रपति चुनिएका हुन् । ७८ वर्षीय बाइडेन यसअघि सन् २००८ देखि २०१६ सम्म अमेरिकाका उपराष्ट्रपति थिए । त्यसैगरी उपराष्ट्रपतिमा चुनिएकी कमला ह्यारिस यस पदमा निर्वाचित हुने पहिलो अश्वेत तथा पहिलो महिला हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!