हिपमत डटकम

मंगलबार, पौष २८, २०७७ || 808  पटक पढिएको

कर्नाटकमा भएको सडक दुर्घटनामा भारतका केन्द्रीय मन्त्री श्रीपद नाइक घाइते भएका छन् । एक अधिकारीका अनुसार घटनामा उनकी पत्नी र एक सहायोगीको मृत्यु भएको छ ।
नाइकसँग उनकी पत्नी विजया र सहयोगी यात्रा गर्दै थिए । उत्तर कन्नड जिल्लाको अंकोला नजिकै यो दुर्घटना निम्तिएको हो । मन्त्री नाइक कर्नाटनस्थित एक धर्मिकस्थलबाट गोआ फर्कदै थिए । अधिकारीहरुका अनुसार नाइकका उपचारका लागि गोवा मेडिकल कलेजको सह अस्पतालमा लगिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नाइकको उपचार विशेष ध्यान दिन आग्रह गर्दै गोआका मुख्यमन्त्री प्रमोद सावन्तसँग टेलिफोन वार्ता गरेका छन् । रक्षामन्त्री राजनाथ सिंहले पनि सावन्तसँग नाइकको उपचारका विषयमा कुराकानी गरेका थिए । कर्नाटकका मुख्यमन्त्री बिएस येदीयुरप्पाले मन्त्री पत्नी विजयाको निधनमा शोक व्यक्त गरेका छन् । उनले मन्त्रीको सिघ्र स्वास्थलाभको काम पनि गरेका छन् ।

६८ वर्षका श्रीपदले अहिले आयुुष मन्त्रालयको काम सम्हालिरहेका छन् । आयुुष मन्त्रालयले आयुुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध र होमियोप्याथी हेर्छ । मन्त्री श्रीपद उत्तरी गोआबाट भारतीय जनता पार्टीका लोकसभा सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!