हिपमत डटकम

सोमबार, पौष २७, २०७७ || 978  पटक पढिएको

अमेरिकाले यमनको विद्रोही हुथीलाई आतंकवादी संगठनको सूचीमा राख्ने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार यो समूहको कारण मानवी संकट झन् चुलिने भन्दै यो समूहलाई आतंकवादी संगठनको सूचीमा राख्न लागिएको बताएका हुन् ।

अमेरिकामा अबको १० दिनमा नयाँ प्रशासन आउन लागेको अवस्थामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको यो निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ । हुथीलाई आतंकवादी संगठनको सूचीमा राखेसँगै जो बाइडनको आगामी प्रशासनलाई इरानसँग सम्झौता गर्नु थप जटिल हुनेछ । हुथी इरान समर्थित संगठन हो ।

अमेरिकी विदेशमन्त्रीले हुथीलाई आतंकवादी संगठनको सूचीमा राख्नुको उद्देश्य उसको सीमापार हुने नागरिक, संरचना र व्यावसायिक ढुवानीमा हुन सक्ने आक्रमणलगायतका आतंकवादी गतिविधिबाट रोक्नु रहेको बताएका छन् ।

पोम्पेओले हुथी संगठनको अभियानमा धेरै मानिसहरु मारिएको, उक्त क्षेत्रको स्थायित्व जोखिममा पारेको र यमनको शान्तिपूर्णरुपमा संघर्ष अन्त्य गर्ने बाटोमा अवरोध सृजना गरेको बताएका छन् ।

हुथी संगठनले यमनको अधिकांश भागमा कब्जा जमाएको छ । हुथी संगठनमाथि अहिले अमेरिकाले प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!