हिपमत डटकम

शुक्रबार, पौष १७, २०७७ || 744  पटक पढिएको

सन्दीप लामिछानेले बिग बैश लिगको जारी संस्करणमा आफ्नो पहिलो म्याच शनिबार खेल्नुहुने भएको छ । होबर्ट हुरिकेन्सको प्रतिनिधित्व गरी उहाँ आफ्नो पुरानो फ्रेञ्चाइज मेलबर्न स्टार्स विरुद्ध उत्रिन लाग्नुभएको हो ।

होबर्ट हुरिकेन्सले मेलबर्न विरुद्धको खेलको लागि १७ सदस्यको सूची सार्वजनिक गरेको छ । टोलिमा सन्दीपसँगै अर्का अनुभवी स्पिनर जोहान बोथाले स्थान पाउनुभएको छ । जोहान बोथा दक्षिण अफ्रिकी स्पिनर हुनुहुन्छ । अन्तिम एघारमा स्थान सुनिश्चित भए सन्दीपसँगै मिच ओवेन, चार्ली वकिम र निक विन्टरले होबर्टबाट डेब्यु गर्नेछन् ।

अघिल्लो खेलमा गब्बा क्रिकेट ग्राउन्डमा ब्रिसबेन हिटलाई एक रनको झिनो अन्तरले हराएको होबर्ट हुरिकेन्स छ खेलबाट १५ अङ्क बटुल्दै छैठौं स्थानमा छ । उसले यसअघिको दुई खेल हारेको छ ।
अन्तर्राष्ट्रिय स्पर्धाको तयारी स्वरुप बन्द प्रशिक्षणमा सहभागी भएको एक साता नबित्दै उहाँ बिग बैश लिग खेल्न अष्ट्रेलिया प्रस्थान गर्नुभयो । बन्द प्रशिक्षणकै क्रममा उहाँ कोभिड १९ बाट सङ्क्रमित भएपछि करीब एक साता आराम गर्नुभएको थियो । पुस सुरुमा अष्ट्रेलिया पुग्नुभएका सन्दीप १४ दिने क्वारेन्टिन बिताएपछि शनिबार मेलबर्न विरुद्धको खेल उत्रिन लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!