नायिका एलिजा गौतम माघ १ बाट नयाँ फिल्मको सुटिङमा व्यस्त हुने भएकी छिन् । उनलाई अनुभवी निर्देशक दिपक श्रेष्ठले नयाँ बन्ने फिल्ममा नायिकाका रुपमा लिएका छन् ।

एलिजालाई निर्देशक श्रेष्ठले फिल्ममा सम्झौता समेत गराएका छन् । एलिजाले अंग्रेजी नयाँ वर्ष पारेर सम्झौतामा आजै हस्ताक्षर गरेकी हुन् । फिल्ममा नायिकाका रुपमा एजिला छनोट भएपनि नायकको खोजी भइरहेको छ ।

नायिका एजिलाले फिल्म खेलेवापत् आकर्षक पारिश्रमिक पनि पाउने भएकी छिन् । पछिल्लो समय म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाएकी एजिला सामाजिक कार्यमा पनि सक्रिय छिन् । उनको एलिजा फाउन्डेशनले गरिबका लागि घर बनाइदिने काम अगाडि बढाएको छ । यसको शुरुवात धादिङ जिल्लाबाट शुरु हुने भएको एजिलाले बताइन् । उनले भनिन्,‘पारिश्रमिक वापत्को रकम गरिबका लागि घर बनाउन खर्च गर्नेछु ।’

समाज सेवामा पनि उत्तिकै सक्रिय नायिका गौतम अभियनमा खारिदै गएकी छिन् । उनले आफूलाई अहोरात्र कला क्षेत्रमा समर्पित गरेर सक्रियता बढाइरहेकी छिन् । योसँगै उनलाई फिल्मको ओइरो लागेपनि गुणस्तरमा ध्यान बढाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!