हिपमत डटकम

शुक्रबार, पौष १७, २०७७ || 895  पटक पढिएको

दिशा पटानी र टाइगर श्राफ बलिउडका उत्कृष्ट जोडी मध्ये एक हुन् । दुवैजनाले सँगै प्रायः उत्कृष्ट समय बिताएको देखिन्छ । ताजा समाचार अनुसार दिशा र टाइगर नयाँ वर्षको स्वागत गर्नको लागि माल्दिभ्स पुगेका छन् ।

दिशा र टाइगरले सँगै भएको फोटो भने सेयर गरेका छैनन् । तर दुवैजनाले गरेको सामाजिक सञ्जालमा अपडेटबाट उनीहरुको मनपर्ने टुरिस्ट स्पार्टमा गएको अन्दाज लगाउन सकिन्छ । टाइगरले इन्स्टाग्रामको एक स्टोरीमा भिडियो सेयर गर्दै ‘खराब कपाल…’ लेखेका छन् । भिडियोको पृष्ठ भुमिमा चराहरुको आवाज स्पष्ट रुपमा सुन्न सकिन्छ । यसको साथै उनले एक सुन्दर फोटो पनि सेयर गरेका छन्, जसमा टाइगर निकै आकर्षक देखिएका छन् । तस्वीरमा उनी शर्टलेस छन् र उनले मसल्स देखाएका छन् ।

दिशा पाटनीले पनि एक खास तस्वीर सेयर गरेकी छिन् । उनी बिकिनीमा पोज दिएकी छिन् । दिशाले क्याप्सनमा यस्तो पोज दिँदा निकै आनन्द आउछ । यो भन्दा पहिला पनि दिशा र टाइगर मालदीपमा बिदाको आनन्द लिइरहेका थिए तर दुवैजनाले फोटो भने सेयर गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!