
गायक तथा संचारकर्मी मनोज पाठक सानूले आज आफ्नो जन्म दिनको अवसर पारेर धादिङ जिल्ला निलकन्ठ नगरपालिका वडा न-१० नयाँ गाउँमा केही दिन आगाडि आगलागिमा परि पीडित बनेका परिवारलाई मनोज पाठक सानुले आज केही थान सिरक र ढस्ना उपलब्ध गराउनु भएको छ ।

उहाँले सामाजिक अभियन्ता याम खड्का र बद्री प्रसादा ढुङ्गानाको उपस्थितिमा उक्त सामग्री प्रदान गर्नु भएको हो ।मनोज पाठक सानू पछिल्लो समय लोक गायन क्षेत्रमा उदाउँदो गायकको रुपमा आफुलाई प्रस्तुत गर्दै आई रहनु भएको छ साथै सामाजिक संजाल टिकटकमा उहाँलाई ५० हजार ब्यक्तिले फ्लो समेत गर्नु भएको छ ।सानू टिकटक युजरहरु माझ पनि लोकप्रिय बन्दै आई रहनु भएको छ । सानुले नरोउन पियारी, पुर्बमा राम्रो त सुनवर्षी नै हो , म त तिम्रो दिलको सानू जस्ता गीतहरु दर्शक तथा स्रोताहरु माझ दिसक्नु भएको छ ।
मनोज पाठक सानुले यसरी नै अब सामाजिक क्षेत्रमा लागेर गरिब पीडितहरुलाई सहयोग गर्ने हिपमत डटकमलाई बताउनु भयो ।