हिपमत डटकम

बिहिबार, पौष १६, २०७७ || 601  पटक पढिएको

तेल कालोबजारी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । त्रिदेव रिप्याकिङ फर्मको संचालक वीरगंजका २४ वर्षीय रोशन कुमार वर्णवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रोशनको आफ्नो दाजु राजन वर्णवालको नाउँमा रहेको त्रिदेव रिप्याकिङ फर्ममा विभिन्न ब्राण्डको सोयाविनको तेल ल्याई रिप्याकिङ गरी बोटलमा दिप शक्ति तिलको तेल, तील उपकार पुजा तेल लेखिएको स्टिकर समेत टाँसी सर्वसाधारणलाई बिक्री गरी कालो बजार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको जनाएको छ ।

साथै त्रिदेव रिप्याकिङ फर्मबाट महालक्ष्मी सोयविन लेखेको ३ हजार ४ सय ६५ लिटर तेल, दिव्य रिफाईण्ड सोयाविन लेखिएको ९ सय ९० लिटर तेल, तिल उपकार पूजा आयल लेखेको ३ सय ४८ लिटर तेल, १ सय ५० थान तिल उपकार पुजा आयल लेखेको स्टिकर, दिप शक्ति तिलको तेल लेखेको स्टिकर लेवर ४० वटा तथा धारा जस्तो समेत फिट भएको २ थान ड्रम र दिप ज्योति तिल उपकार लेखेको खाली वोटलको २ थान पोका र खाली वोटल २ थान प्रहरीले बरामद गरेको बताएको छ ।

रोशनमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइहरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!