हिपमत डटकम

बिहिबार, पौष १६, २०७७ || 801  पटक पढिएको

केही दिन अगाडि मात्रै ५५ वर्षमा पाइला टेकेका बलिउडका सुपरस्टार सलमान खान अझै पनि फिल्ममा उत्तिकै सक्रिय छन् भने उनको शरीरको पनि उत्तिकै फिट छ ।

बलिउडमा प्रवेश गर्दा शरीरलाई सुगठित गर्न सलमान खानले गरेका विभिन्न फिटनेसका उपायहरु उनले जन्मदिनको अवसरमा सबैलाई बताएका छन् ।

बलिउडका सुरुवाती फिल्महरुमा निकै दुब्लो देखिने सलमान खानले ५५ वर्षसम्म पनि फिट रहन के के गरेका थिए उनले ती उपायहरु एक अन्तरवार्तामा बताए ।

उनले भने, ‘म आफ्नो फिल्म करियरको सुरुवाती दिनहरुमा निकै दुब्लो थिएँ । म सधैँ आफ्नो तौल कसरी बढाउने भन्ने विषयमा चिन्तित रहन्थेँ । म उक्त समयमा जे भेट्थेँ । खाइहाल्थेँ । मलाई अझैँ याद छ, मैले ‘मेने प्यार किया’ फिल्मको सेटमा ३० वटा रोटी र केरा खाएको थिएँ ।’

उनले बिग बोसको १४ औँ सिजनको सेटमा आफूले आफूलाई फिट राख्नका लागि दिनमा दुई पटक जिम जाने र जिमअनुसार डाइट गर्ने गरेको बताए । उनले अहिले खाना सुँघेर नै मोटाउने गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!