एक बंगलादेशी फिल्म निर्देशकलाई फिल्ममा बलात्कार पीडितसँग सोधपुछको दृश्यका लागि पक्राउ गरिएको छ । यो दृश्यले प्रहरी बल अत्यधिक आक्रोशित भएको बताइएको छ ।

शाकिब खान अभिनित ‘नबाब एलएलबी’ को पहिलो भाग, एक फिक्सनल कोर्टरुम ड्रामा हो जसले दुष्कर्मबारे पीडितसँग कस्तो व्यवहार गरिन्छ, कसरी सोधपुछ गरिन्छ, त्यसबारे देखाउन खोजिएको छ । यसलाई डिसेम्बरको मध्यमा एक स्थानीय स्ट्रिमिङ सर्भिसमा जारी गरिएको थियो ।

अनोन्नो मामूनद्वारा निर्देशित फिल्मको दृश्य गत हप्ता सोसल मिडियामा भाइरल भयो । मद्दा सम्हाल्ने विषयमा प्रहरीको व्यापक आलोचना भयो ।
https://youtu.be/6nQ-4MtqeRM
‘वियोन्यूज डट कम’ का अनुसार फिल्मको दृश्यका लागि प्रहरी रुष्ट छ । फिल्ममा प्रहरीको भूमिका निभाउने कलाकार मामून र शाहीन मृदालाई शुक्रबार पक्राउ गरिएको छ ।

ढाका मेट्रोपोलिटन प्रहरीले आफ्नो न्यूज पोर्टलमा भने, ‘फिल्मको दृश्यमा अधिकारीले पीडितमाथि निकै आक्रामक तरिका र आपत्तिजनक भाषणमा सोधपुछ गरिरहेका थिए जुन स्वस्थ मनोरञ्जन विपरित हो र जनताबीच प्रहरीबारे नकारात्मक धारणा पैदा गर्नेछ ।’

बयानमा दुबैलाई यस्तो अपमानजनक र आपत्तिजनक कुराकानी भएको फिल्ममा अभिनय गरेको पक्राउ गरिएको जानकारी दिइएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई शुक्रबार अदालतमा पेश गरिएको र उनीहरुमाथि पोर्नोग्राफिक विषयसहित फिल्म बनाएको आरोप लगाइयो ।

अधिकारीका अनुसार बलात्कार पीडितको भूमिका निभाउने अभिनेत्री अर्चिता स्पर्शियालाई पनि पक्राउ गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!