हिपमत डटकम

आइतबार, पौष १२, २०७७ || 958  पटक पढिएको

सरोज र आश्मा फिचर्ड गायिका तुलसा लिम्बुको ‘नौतले घर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा प्रताप दास र गायिका तुलसा लिम्बुको युगल स्वर सुन्न सकिन्छ। डान्सिङ शैलीको यस गीतमा डीपी खनालको शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको छ तथा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा ‘कार्टुन क्रु’का सरोज र आश्मा बिश्वकर्माको साथमा गम्भीर बिस्ट र करिष्मा सिंह ठकुरीको दमदार नृत्य देख्न सकिन्छ ।

नवराज उप्रेतीले छायांकन गरेका यस गीतको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गम्भीर बिस्टको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । केन्द्र मोशन पिक्चर्सको आधिकारिक युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गायन र अभिनयलाई संगसंगै लिएर अघि बढिरहेकी गायिका लिम्बुले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन दिन सम्पुर्णलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!