हिपमत डटकम

शनिबार, पौष ११, २०७७ || 903  पटक पढिएको

महिनाको समयमा योनीबाट रक्तस्राव हुनुलाई सामान्य मानिन्छ । तर, कहिलेकाँही केही महिलाहरुको योनीबाट महिनावारी नभएको समयमा पनि रक्तस्राव हुने गर्छ । महिलाहरु यस्तो समस्यालाई सामान्य रुपमा पनि लिने गर्छन् । तर, बिना महिनावारी रक्तस्राव हुनु असामान्य अवस्था हो । बिना महिनावारी रक्तस्राव हुनु खतरनाक रोगको संकेत पनि हुन सक्छ ।

के कारण हुन्छ त बिना महिनावारी योनीबाट रक्तस्राव ?
पीसीओडी वा युटीआई
पाठेघरको भित्ता सुन्निनु
पाठेघरमा फाइब्राइड
अचानक तौल बढ्ने र घट्ने हुनु
पाठेघरमा पोलिप्स हुनु
पाठेघर, योनी वा अण्डाशयमा क्यान्सर हुनु
यूट्रसमा इन्फेक्शन वा ट्युमर हुनु

अन्य कारण
थाइराइडमा हर्मोन अनियमित हुनुका कारण भोक कम वा धेरै लाग्ने हुँदा ऐठन हुने, जोर्नी दुखाई हुनु, कपाल झर्नु, तौल बढ्नु वा घट्नु र योनीबाट रक्तस्राव हुनु ।

अचानक गर्भ रहनबाट बच्नको लागि पिल्स वा अन्य गर्भनिरोधक साधनहरुको प्रयोग गर्ने गर्दा असामान्य रक्तस्राव हुन्छ । यस बाहेक अन्य संक्रामक रोगहरुका कारण पनि रक्तस्राव हुनसक्छ ।

गर्भवती भएको अवस्थामा गर्भपतनको संकेत
गर्भवती भएको अवस्थामा रक्तस्राव हुनु वा रगतका थोपा देखिनु गर्भपतनको संकेत पनि हुनसक्छ । गर्भ रहेको शुरुवाती हप्ताहरु १२, १४ वा २४ हप्ताभित्र रक्तस्राव हुनु एक्टोपिक गर्भ रहेको संकेत पनि हुनसक्छ । यद्यपि, गर्भ रहेको अवस्थामा हल्का रक्तस्राव हुनु सामान्य हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!