हिपमत डटकम

शुक्रबार, पौष १०, २०७७ || 928  पटक पढिएको

कोरोना महामारीका कारण करिव ९ महिना देखि बन्द रहेको सिनेमाहल शुक्रवार देखि संचालनमा आएका छन् । हल व्यवसायीहरुको आफ्नै निर्णयले सिनेमाहल संचालनमा आएका हुन् । सरकारले हल खोल्ने अनुमति नदिए पनि हल व्यवसायीहरु एकतर्फी निर्णय गर्दै हल संचालनमा ल्याएका हुन् ।
हल संचालन गर्दा सरकारद्वारा जारी स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्ने र तत्काललाई ५० प्रतिशत मात्र दर्शक राख्ने गरी हल खोलिएको नेपाल चलचित्र संघले जनाएको छ ।
शुक्रवार हल संचालन भएपनि नयाँ फिल्म रिलिज भएको छैन । कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएका फिल्म पुनः प्रदर्शन हुने भएका छन् । हल संचालन गर्न हललाई डिसइन्फेक्सन गर्ने, सेनिटाइज गर्ने, मास्क अनिवार्य गर्ने, टिकट काउन्टरमा सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा अनिबार्य गरिएको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताएका छन् ।
सरकारको निर्णय बिना नै हल संचालन गरिएकोले सरकारले बल प्रयोग गरी हल बन्द गर्ने प्रयास गरेमा चलचित्र संघ प्रतिकार उत्रिने महासचिव शर्माले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!