बिराटनगर। प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन गरेको भन्दै विद्यार्थीहरुले विराटनगरमा मशाल जुलुस प्रदर्शन गरी प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।
नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विरोधमा बिहीबार साँझ विराटनगरमा मशाल जुलुस प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने राष्ट्रघाती कदमका विरुद्ध मशाल जुलुस प्रदर्शन र पुत्ला दहन गरेको विद्यार्थी नेता ओसिम आलमले बताउनुभयो ।प्रदर्शनको क्रममा बिधार्थी नेता ओसिम आलम घाईते भएका छन्। प्रहरीले रोक्न खोज्दा उनको मुखमा मसालको आगोको रापले असर गरेको छ।

विराटनगरको संसारी माईस्थान र घोघापुल चौक गरी दुई छुट्टाछुट्टै मसाल जुलुस निकालेका थिए । मसाल जुलुससहित बजार परिक्रमा गर्दै विराटनगरको जलजला चौकमा पुगेर उनीहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका थिए ।उनीहरुले प्रधानमन्त्रीका कमद विरुद्ध नाराबाजीसमेत गरेका थिए । असंवैधानिक र राष्ट्रघाती कमदका विरुद्ध आगामी दिनमा पनि कडा प्रर्दशन गर्ने अनेरास्ववियु केन्द्रीय नेता ओसिम आलमले जानकारी दिनुभयो ।

पछिल्ला केही दिनयता प्रधानमन्त्री ओलीले चालेको संविधान विपरितको कदमका विरुद्ध देशैभरी विरोध प्रदर्शन भइरहेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!