हिपमत डटकम

आइतबार, पौष ०५, २०७७ || 847  पटक पढिएको

लिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्यमा खराबी देखिएको छ । वेभ सीरिज ‘कश्मीर फाइल्स’ सुटिङका लागि मसुरी पुगेका मिथुनको स्वास्थ्यमा अचानक समस्या देखिएको समाचार एजेन्सीले जनाएका छन् । समाचारका अनुसार उनलाई अचानक झाडा पखाला लागेको थियो । चिकित्सकको एक टोलीले उनी बसेको होटल सवाईमा पुगेर उनको उपचार गरेका थिए । उपचारपछि उनको स्वास्थ्यमा केही सुधार भएको छ ।

कामको कुरो गर्ने हो भने मिथुन पछिल्लो समय २०१९ मा थ्रिलर फिल्म ‘ताशकंत फाइल्स’ मा देखिएका थिए । फिल्ममा उनको साथमा श्वेता बासु र नसीरुद्दिन शाहको पनि अभिनय रहेको थियो । बलिउडका अलवा मिथुनले बंगाली फिल्म अभिनयमा पनि चर्चा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!