पथरी। प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलको शीर्षस्थानमा श्रीजंगा एफसी आइपुगेको छ ।
श्रीजंगा आजको खेलमा हिमाअस हाइवेलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भएको छ । आजको खेलमा बिजयी भएपछि ९ अंक जोड्दै श्रीजंगा शीर्ष स्थानमा आइपुगेको हो ।

खेलको ३७ औँ मिनेटमा श्रीजंगा एफसी जर्सी नं। २ का खेलाडी सफल आङ्बुहाङले गोल गरे । श्रीजंगाकै तर्फबाट ४५ औँ मिनेटमा वान भर्सेज वानमा जर्सी नं। १४ सनम धिमालले उत्कृष्ट गोल गरे । ६९ औँ मिनेटमा दिल कुमार याक्सोको पासलाई सदुपयोग गर्दै जर्सी नं। १७ का प्रताप चेम्जोङले उत्कृष्ट गोल गर्दै टिमलाई ३–० को जित निकाल्न सफल भएका हुन् ।

यसअघि २३ औँ मिनेटमा प्रतापले प्रहार गरेको गोल, गोल रक्षक मनोज गुरुङले बिफल बनाइदिएका थिए । ४१ औँ मिनेटमा अशुतोष थापाको शक्तिसाली प्रहारलाई पनि गोल रक्षक गुरुङले बिफल पारिदिए ।
खेलको सुरुवाती चरणबाट नै कम्जोर देखिएको हिमाअस हाइवेले दोस्रो हाफमा पनि खेलमा फर्किन सकेन । खेलमा पटक पटक पाएका उत्कृष्ट अवसरहरु सदुपयोग गर्न नसकेपछि हाइवेले अंक सुम्पन बाध्य भयो । खेलको ४३ औँ मिनेटमा पाएको कर्नर आशिस गुरुङले प्रहार गरे तर गोलले पोस्टको दिसा लिन सकेन ।

प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच श्रीजंगाका टिम क्यापटेन ९खेलाडी० सुवास तामाङ घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।आइतबारको तेस्रो चरणको खेल वाइ।जि।एफ।टी। र देविगञ्ज एफसी बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!