हिपमत डटकम

शुक्रबार, पौष ०३, २०७७ || 1109  पटक पढिएको

लोक, आधुनिक, पप गायनमा छुट्टै परिचय बनाएकी गायिका दिपा कोईरालाल आफ्नो स्वरमा नयाँ गीत कब्जा गर्यौ…बजारमा आएकी छन् । उनको यो गीतको भिडियोलाई भिडियो क्राफ्ट युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
यो गीतलाई सुवर्ण कुमारले लेखेका हुन् । गीतमा संगीत पनि सुवर्णले नै दिएका छन् । गीत निकै कर्णप्रिय बनेको छ । यसको भिडियो पनि आकर्षक बनेको छ ।

प्रेम वियोगमा आधारित यो गीतमा त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेता रमेश चन्द सोडारी र गायिका एवम् मोडल सरिता भारती मुख्य भूमिकामा छन् । उनीहरुको प्रेममा रमा आरएल ठकुरी र हेम श्रेष्ठ बाधक बनेका छन् ।
यो भिडियोलाई मोहनिस श्रेष्ठले छायाँकन गरेका हुन् । जसमा सम्पादन सुवर्ण कुमारकै रहेको छ । काजल क्रियसनकी फेसन डिजाईनर काजल शर्माको ड्रेस डिजाईन रहेको यो भिडियोमा बन्दना मगरातीको मेकअप रहेको छ । भिडियोको पोष्ट प्रोडक्सन विलक्षण क्रियसनमा गरिएको हो । यो भिडियो डब्बु क्षत्रीको निर्देशनमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!