हिपमत डटकम

बिहिबार, पौष ०२, २०७७ || 1348  पटक पढिएको

गायक तथा होस्ट आदित्य नारायण र अभिनेत्री श्वेता अग्रवाल हनिमुनका लागि कश्मीर पुगेका छन् । यो चिसो मौसमा पनि उनीहरु कश्मीरको प्राकृतिक सुन्दरतामा रमाइरहेका छन् ।
आदित्यले हनिमुनको तस्बिर सामाजिक संजालमा शेयर गरेका छन् । जसलाई फ्यानले रुचाएका छन् ।

आदित्यले कश्मीरको बजारबाट पनि एक तस्बिर शेयर गरेका छन् । तस्बिरमा आदित्य ज्याकेट र चस्मामा देखिएका छन् भने श्वेता पिंक कलरको स्वीटर र रातो कलरको ह्याटमा सुन्दर देखिएकी छन् ।
तस्बिर शेयर गर्दै आदित्यले लेखेका छन् ‘हनीमुन शुरु, पृथ्बीमा स्वर्गको दर्शन, कश्मीरमा पहिलो पटक’ । फ्यानले तस्बिरलाई लाइकको समेत वर्षा गरेका छन् ।

आदित्य र श्वेताले गत १ डिसेम्बरमा विवाह गरेका थिए । उनीहरुको विवाहको तस्बिर तथा भिडियो अहिले सामाजिक संजालमा भाइरल समेत भइरहेका छन् । दुबैले विवाहमा समेत मस्ती गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!