सोसल मिडियाको दुनियाँमा को कससँग भिड्छन्, यो भन्न मुश्किल छ । जब कसैले ट्वीट गर्छन्, तब त्यसमा कसको के प्रतिक्रिया आउँछ, पत्तै हुँदैन । यतिबेला नायक अभिषेक बच्चनको थुप्रै ट्वीट चर्चाको विषय बनेको छ ।

हालै एक्जिबिटर अक्षय राथी नामका एक ट्वीटर प्रयोगकर्ताले सोसल मिडियामा एक ट्वीट गरेर अक्षय कुमारको बेस्सरी तारिफ गरे । उनले अक्षयको सुटिङ शैलीलाई विशेष रुचाए ।

ट्वीटमा उनले लेखे, ‘यो कति उत्कृष्टको कुरा हो, अक्षय कुमारले एउटा फिल्म समाप्त गर्ने बेलासम्म केही कलाकारले भने आफ्नो छोटो भूमिकाका लागि चाहिने साधारण सीप मात्रै सिक्न सकिरहेका हुन्छन् । अरु कलाकारले अझै राम्रो गर्नुपछ, राम्रो प्लानिङ गर्नुपर्छ ।’

यो ट्वीटमा अभिषेक बच्चनले आफ्नो असन्तुष्टि पोखेका छन् । नायकको नजरमा कसैलाई तारिफ गर्नु समस्या होइन तर अन्य कलाकारलाई निच देखाउनु गलत हो ।’

नायकले उक्त ट्वीटको जवाफमा लेखे, ‘यो सही होइन । हरेक मानिसहरु काम गर्नका लागि भिन्न भिन्न कुराबाट प्रेरित हुनसक्छन् । सबैको काम गर्ने आफ्नै गती पनि हुन्छ । ’
तर यो ट्वीटर वार यतिमा मात्रै सिमित रहेन । त्यसपछि ती ट्वीटर प्रयोगकर्ताले अभिषेक बच्चनलाई कोरोना कालको याद दिलाए । यस्तो मुश्किल समयमा धेरैभन्दा धेरै फिल्म रिलिज हुन आवश्यक भएको पनि बताइयो ।

ट्वीटमा लेखियो, ‘साधारण परिस्थितीमा यो सबैकुरा ठिक छ । तर अब धेरैभन्दा धेरै काम गर्ने बेला आइसकेको छ । कलाकारले आफ्नो स्पिड र टेम्पो बढाउने बेला आइसकेको छ । यसो गर्दा मानिसहरुको आशा त जाग्ने नै छ ।’

तर अभिषेक बच्चनलाई यो कुरा पनि चित्त बुझेन । उनले धेरै फिल्ममा अभिनय गरेर खासे केही नहुने कुरामा जोड दिए । उनले धेरै फिल्ममा अभिनय गर्नुको साटो उत्कृष्ट फिल्ममा काम गर्न आवश्यक भएको बताए ।

अभिषेकले राम्रो काम गरेमात्रै रामे फिल्ममा अभिनय गर्ने मौका पाइने बताए । उनले भने, ‘धेरै फिल्म गर्नाले लामो समयमा फिल्मी उद्योगलाई नै हानी हुनेछ किनभने गुणस्तरसँग सम्झौता सुरु हुनेछ ।’

यस्तै उनी भन्छन्, ‘यदि यो मुश्किल समयमा दर्शकलाई कमजोर विषयवस्तु भएको फिल्म देखाइयो भने सायद उनीहरु सिनेमा प्रति आकर्षित हुन छोड्नेछन् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!