एजेन्सी – बलिउडमा पुरुष कलाकारहरु हाबी हुने प्रचलनको विरुद्ध अभिनेत्री दिया मिर्जाले विरोध जनाएकी छिन् ।

उनले बलिउडमा अभिनेताको इच्छाअनुरुप फिल्मको कथा लेखिने र ५० वर्षका अभिनेताले १९ वर्षीया अभिनेत्रीसँग रोमान्स गर्ने र बीचको उमेरकी संघर्षरत अभिनेत्रीका लागि फिल्मको कथा नै नबन्ने गरेको आरोप लगाएकी छिन् ।

बलिउड अभिनेत्रीले बलिउडका अभिनेताहरुमाथि निशाना बनाएर निकै धेरै उमेरका पुरुषहरुले कान्छी उमेरकी अभिनेत्रीसँग रोमान्स गर्नु लज्जास्पद भएको समेत बताएकी छिन् ।

उनले एक अन्तरवार्तामा दिया मिर्जाले अधबैँशे अभिनेताको अगाडि किशोरावस्थाका अभिनेत्रीहरु राखिने बताउँदै बलिउड उद्योगमा पुरुष अभिनेताहरुको हाबी रहेको बताइन् । यस्तो प्रचलन हुनु दुर्भाग्यपूर्ण भएको समेत उनले उल्लेख गरिन् ।

दिया मिर्जाले उक्त उद्योगमा थुप्रै अभिनेत्रीहरु जो मिडिल एजका छन् । उनीहरु अहिलेसम्म संघर्षरत रहेको समेत बताइन् । तर, त्यस्ता उमेरका अभिनेत्रीहरुलाई फिल्मको कुनै पनि कथा नलेखिने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!