हिपमत डटकम

बुधबार, पौष ०१, २०७७ || 1124  पटक पढिएको

गायक सुनिल कटुवाल र गायिका समिक्षा अधिकारीको स्वरमा नयाँ गीत केटो अलि कमाउने होस् सार्वजनिक गरिएको छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

गीतको भिडियोमा लोकप्रिय मोडल सुधिर श्रेष्ठ र श्रेया सिटौलासँगै अजय मगर र अस्मिता अधिकारीलाई देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् । भिडियो बिशाल इन्टरटेनमेन्टको युट्युवमा हेर्न सकिन्छ ।

बुधबार राजधानीको बत्तिसपुतलीस्थित बिग फुडल्याण्डमा पत्रकार भेटघाट कार्यक्रम गरी सार्वजनिक गरिएको भिडियो नेप्सिनेको ब्यानरमा निर्माण भएको हो ।

गायक सुनिलले यसगीतबाट ठुलो आशा लिएको बताए । उनी यसअघिका गीत जस्तै दर्शकले मन पराउनेमा आशावादी छन् । सुनिलले गाएका दर्जनौं गीत मध्ये ‘कपुरी क’, ‘ताराबाजी लैलै’ बोलको गीत चर्चित छन् । यस्तै दुई महिना अघिमात्रै सुनिलका ‘मुखैमा राम राम’ र ‘डिजिटल फोटो’ गीत सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!