हिपमत डटकम

बुधबार, पौष ०१, २०७७ || 983  पटक पढिएको

फगली फिल्मबाट बलिउड प्रवेश गर्ने अभिनेत्री हुन् कियारा आडवाणी । हाल उनी चर्चित भएकी छिन् र उनको हातमा राम्रा फिल्महरु रहेका छन् । भर्खरै मात्र उनको फिल्म ‘इन्दुको जवानी’ रिलिज भएको छ । यस फिल्मको एक कार्यक्रममा कियारा एक पत्रकारमाथि आक्रोसित भइन् । जुन पत्रकारले उनलाई गलत नामले बोलाएका थिए ।

फिल्मको कार्यक्रमको अवसरमा कियाराले गलत नाम लिने पत्रकारको प्रश्नको जवाफ पनि दिइनन् । उनले पत्रकारको सवालको जवाफ भने दिइरहेकी थिइन् । त्यस समयमा एक पत्रकारले उनको नामको सट्टा ‘कायरा’ भन्दा उनी रिसाएकी हुन् । कियाराले कायरा होइन कियारा हो भनेकी थिइन् ।

उक्त पत्रकारले पछि सवाल सोध्दा कियाराले तपाइँलाई जवाफ नदिने बताइन् । इन्दुको जवानीको बारेमा समिक्षा चलिरहेको थियो र कियाराले गरेको रोलको प्रंशसा भइरहेको थियो । फिल्मलाई अबीर सेन गुप्ताले निर्देशन गरेका छन् भने भुषण कुमारले प्रोड्युस गरेका छन् । केही समय अगाडी कियारा आडवाणी र अक्षय कुमारको फिल्म लक्ष्मी रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!