हिपमत डटकम

शनिबार, मंसिर २७, २०७७ || 605  पटक पढिएको

घानाका स्टार फुटबलर केभिन प्रिन्स बोयाटेन्गले लियोनल मेसीलाई नापोलीबाट खेल्न सुझाव दिएका छन् । डिएगो म्याराडोनाप्रति सम्मान प्रकट गर्दै मेसी पनि बार्सिलोनाबाट नापोली जानुुपर्ने बोयाटेन्गले बताएका हुन् ।
गत महिना हृदयघातले मृत्युु भएका ६० वर्षीय अर्जेन्टिनी लिजेन्ड म्याराडोना १९८४ मा बार्सिलोनाबाट नापोली गएका थिए । म्याराडोनाको निधनपछि नापोलीले उनको सम्मानमा आफ्नो रंगशालाको नामाकरण गरेको छ ।

मेसीले यसअघि बार्सिलोना र ओशासुनाबीचको ला–लिगा खेलका दौरान म्याराडोनाप्रति सम्मान दर्शाउदै आफ्नो जर्सी खोलेर निवेल वल्ड ब्वाईजको जर्सी प्रदर्शन गरेका थिए । यो अर्जेन्टिनी क्लबबाट मेसीले बाल्यकालमा खेलेका थिए भने म्याराडोना आफ्नो करियरको अन्त्यतिर यस क्लबमा आबद्ध भएका थिए ।

बार्सिलोना र मेसीबीचको सम्झौता यसै सिजन समाप्त हुँदैछ । त्यसपछि उनी चाहेको क्लबमा आबद्ध हुन सक्नेछन् । आगामी सिजन मेसीलाई भित्र्याउन म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्माइनले प्रयास गरिरहेका छन् ।
तर, मारियो बालाटोलीसँगै इटालियन सिरि बी क्लब मोन्जाबाट खेलिरहेका ३३ वर्षीया बोयन्टिंग भन्छन्, ‘ मैले प्रायजसो मेसी र म्यााडोनाबीचको तुलना सुन्छु । त्यसैले मलाई लाग्छ कि बार्सिलोनासँगको सम्झौता सकिएपछि मेसी नापोली जानुुपर्छ । उनले आफैं क्लबका अध्यक्षलाई भन्नुपर्छ – म आउँदैछुु ।’

बोयेटिंग थप्छन्, ‘यदी उनीहरुले १० नम्बरको जर्सीलाई अवकाश दिइसकेका छन् भने पनि म म्याराडोनाको सम्मान गर्छ र एक वा दुुई वर्ष नापोलीबाट खेल्छु, पैसानबारे नसोचेी केवल हृदयले खेल्छु भन्नसक्नुुपर्छ ।’

मेसीको ठाउँमा आफु भएको भए यसबारे सोच्ने बोयटिंगले बताए । ‘सायद, उनले त्यहाँ च्याम्पियनसिप जिते भने यो अद्भूत हुनेछ । यो एउटा फिल्मको कथा हुनेछ । यदी म उनको ठाउँमा भएको भए यसबारे सोच्ने थिएँ । अहिलेसम उनले क्लब स्तरमा जित्नुुपर्ने सबै जितिसकेका छन् र यसलाई महान् ढंगले अन्त्य गर्नुु निकै राम्रो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!