हिपमत डटकम

शनिबार, मंसिर २७, २०७७ || 2369  पटक पढिएको

बंगाली नायिका आर्या बेनर्जी कोलकातास्थित आफ्नो निवासमा मृत फेला परेकी छिन् । प्रहरीले उको शंकास्पद मृत्युबारे अनुसन्धान गरिरहेको छ । बेनर्जीले द डर्टी पिक्चर, लभ सेक्स एन्ड धोखालगायत बलिउड चलचित्रमा काम गरेकी थिइन् ।

प्रहरीले तेस्रो तल्लामा रहेको उनको अपार्टमेन्टको ढोका फोडेर भित्र पस्दा ३३ वर्षीया नायिका मृत फेला परेकी थिइन् । देवदत्त भनेर पनि चिनिने बेनर्जी उनको अपार्टमेन्टमा एक्लै बस्थिन् । उनले केही खाना वान्ता गरेर भुइँमा उत्तानो परेर लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जमिनमा रगतका केही थोपा पनि भेटिएका थिए ।

‘शुरुवाती अध्ययनमा केही शंकास्पद पाइएको छैन । तर, मृत्युको वास्तविक कारण पोष्ट मोर्टम रिपोर्ट आएपछि मात्र थाहा हुनेछ,’ एक शीर्ष प्रहरी अधिकारीले भने ।

उनको काम गर्नेले बिहान घरको घण्टी बजाउँदा नखोलेको र फोन पनि नउठाएपछि छिमेकीलाई जानकारी गराएकी थिइन् । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

बेनर्जी स्वर्गीय सितारवादक निखिल बन्द्योपाध्यायकी छोरी हुन् ।

हिन्दुस्तान टाइम्स

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!