हिपमत डटकम

शुक्रबार, मंसिर २६, २०७७ || 854  पटक पढिएको

भनिन्छ, प्रेम र युद्धमा हरेक कुरा जायज हुन्छ । बलिउडको दुनियाँमा पनि थुप्रै यस्ता प्रेमकहानीहरु छन् । जुन कहानीमा प्रेमका लागि परिवार, इज्जत र आफ्नै श्रीमती र छोराछोरी छोड्नेहरु पनि भेटिन्छन् । यसमा फिल्म निर्माता बोनी कपूर पनि पर्छन् । उनको विवाह मोना शौरीसँग भएको थियो । मोना र बोनीको अर्जुन र अंशुला गरी दुई सन्तान छन् । दुई सन्तानका पिता हुँदाहुँदै पनि बोनी कपूरले श्रीदेवीको प्रेमलाई भने वेवास्ता गर्न सकेनन् ।

बोनीले श्रीदेवीलाई तामिल फिल्ममा देखेका थिए । श्रीदेवीलाई फिल्ममा देखेका बोनी एकतर्फी प्रेममा पर्न थाले । उनले विस्तारै श्रीदेवीलाई नजिक बनाउने बाहानाहरु खोज्न थाले । एक पटक श्रीदेवीलाई भेट्न उनी चेन्नई पुगे । फिल्म सेटमा पुगेका बोनीले श्रीदेवीलाई फिल्म खेल्न आग्रह गरे तर श्रीदेवीले आफ्नो सम्पूर्ण जिम्मा आमालाई दिइएको जानकारी दिइन् ।

त्यसपछि बोनीले श्रीदेवीकी आमालाई भेटे । उनकी आमाले एउटा फिल्म खेलेबापत १० लाख पारिश्रमिक मागिन् तर बोनीले उनलाई ११ लाख दिने बताए ।

मिडिया रिपोर्टका अनुसार बोनीले श्रीदेवीलाई नजिक ल्याउन खोजेका थिए तर उक्त समयमा श्रीदेवी मिथुन चक्रवर्तीको प्रेममा थिइन् । तर, केही समयमा मिथुनसँग ब्रेकअप भएपछि श्रीदेवी बोनीसँग नजिक भइन् ।

त्यसपछि बोनीले श्रीमतीसँग सम्बन्धविच्छेद गरे र श्रीदेवीसँग विवाह गरे । मिडिया रिपोर्टका अनुसार विवाह अगाडि नै श्रीदेवी गर्भवती भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!