रबिन्द्र बराल

शुक्रबार, मंसिर २६, २०७७ || 981  पटक पढिएको

मोरङको धनपालथान गाउँपालिका–५ मा जर्बरजस्ती करणी को घटना मिलापत्र गराउने ६ जना लाई रंगेली प्रहरी पक्राउ गर्ने सफल भएको छ । २०७६ साल भदौ २४ गते धनपालथान–५ मा भएको जर्बरजस्ती करणीको घटनामा मिलापत्र गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । अभियुक्तले नै पोल खोलेपछि मिलापत्र गराउने ६ जना लाई रंगेली प्रहरीको नियन्त्रणमा लिएको हाे ।

प्रहरीले आरोपित बेलबारी–८ का सुरेशकुमार खवासलाई मंसिर १९ गते नियन्त्रणमा लिए काेे र अनुसन्धानका क्रममा पीडितलाई पाँचलाख रुपैँया दिएर मिलापत्र गराएको खुलेपछि मिलापत्र गराउन संलग्न ६ जना समेत पक्राउ गरेको रंगेली प्रहरीले जनाएको छ ।

मिलापत्र कागज गराउन संलग्न मोरङ धनपालथान–५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षीय मथालु खवास रहेको प्रहरीले जनाएको छ ।धनपालथान–५ मा रहेको आफ्नै धान खेतमा मल छरिरहेको समयमा बेलबारी नगरपालिका ८ का ३२ वर्षीय सुरेश ले सुनवर्षीकी २१ वर्षीया महिलालाई जर्बरजस्ती करणी गरेको आरोप लागेको थियो ।
अराोपित खवासको खेत धनपालथानमा रहेकोले त्यहाँ उनी धानमा मल छर्न आएको बखत सुनवर्षी (२१) लाई जर्बरजस्ती करणी गरेको पीडित महिलाले इलाका प्रहरी कार्यालय रंगेलीमा असोज २६ गते जाहेरी दिइएकी थिइन् । पीडितको जाहेरी परेसँगै आरोपित सुरेशकुमार खवास फरार भएका थिए । फरार रहेका खवासलाई मंसिर १९ गते रंगेली–७ बजारबाट क्षेत्र बाट पक्राउ गरेको र अरु लाई उनी हरु काे घर बाट पक्राउ गर्नेे सफल भएको हो । आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्दा उक्त घटना गाउँघरमा नै मिलापत्र गराएको खुलेको र पीडित पक्षलाई पाँच लाख रुपैँया दिएर मिलाउन गराएको अभियुक्तकै बयानबाट खुलेपछि प्रहरीले मिलापत्र कागज समेत बरामद गरेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्का ले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!