हिपमत डटकम

बिहिबार, मंसिर २५, २०७७ || 864  पटक पढिएको

काठमाडौँको बालाजु बाईपास सडक खण्डस्थित डियुटीमा खटिएका ट्राफिक प्रहरीलाई दुई हजार रुपैयाँ घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् ।

नुवाकोट बस्ने २४ वर्षीय रिमजेन लामाले ट्राफिक प्रहरी ट्राफिक प्रहरी जवान दुर्गा प्रसाद यादवलाई दुई हजार रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

ना १५ प ८५०२ नम्बरको मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत स्वरुप परिवर्तनमा कारवाही गर्न खोज्दा लामाले ट्राफिक प्रहरी यादवलाई घुस दिन खोजेको ट्राफिक महाशाखाले जनाएको छ ।

आर्थिक प्रलोभनमा पार्न खोजेकोले चालक लामालाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी वृत बालाजुमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!