हिपमत डटकम

बुधबार, मंसिर २४, २०७७ || 902  पटक पढिएको

जनकपुर । श्रीमती र छोरीलाई एसिड आक्रमण गरी घाइते बनाएको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले २ जनाविरुद्ध जिल्ला अदालत धनुषामा अभियोगपत्र दर्ता गराएको छ । गत कार्तिक २९ गते जनकपुरधाम वडा नम्बर ४ की आरती साह माथि श्रीमान सञ्जीव साहले एसिड आक्रमण गरी घाइते बनाएका थिए ।

सो घटनामा जिल्ला अदालत धनुषामा २ जना विरुद्ध अभियोग पत्र दर्ता गराइएको न्यायधिवक्ता सीताराम अर्यालले जानकारी दिए । उनले आरती साहका श्रीमान २६ वर्षीय सञ्जिव साह र नागेन्द्र साहमाथि अभियोग पत्र दर्ता गरिएको बताए ।

सरकारी वकिलको कार्यालयले दुबै जनालाई १५ वर्ष ६ महिना सजाय हुने गरी अभियोग पत्र दायर गरेको हो । जिल्ला न्यायधिवक्ता अर्यालले दूबैजना विरुद्ध अङ्गभङ्ग, कुरुप र एकिकृत कसुर गरी ३ कसुरको सजायका लागि माग दावी गरिएको बताए । अङ्गभङ्गका लागि ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकिकृत कसुरको थप २ वर्ष ६ महिना गरी कूल १५ वर्ष ६ महिनाको सजाय माग गरिएको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

एसिड आक्रमणका लागि सञ्जिवले नागेन्द्र साहको निखिल स्टोरबाट ८० रुपैयाँमा एउटा बियरको बोतलमा एसिड खरिद गरेको पाइएको अर्यालले बताए । एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायतका अङ्ग कुरुप बनेको थियो । एसिड आक्रमणमा परी ६ वर्षीय छोरी रिया साहको हातमा र टाउकोमा खत बसेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!