हिपमत डटकम

बुधबार, मंसिर २४, २०७७ || 677  पटक पढिएको

नवलपरासी ( पश्चिम ) प्रहरीले पिकअप जिपसहित १० लाखभन्दा बढी मूल्य बराबरको अवैध सामग्री पक्राउ गरेको छ ।

तस्करीमा संलग्न जिपसहित अन्दाजी १० लाख ५१ हजार मूल्य बराबरको अवैध मालसमान पक्राउ गरि आवश्यक कारवाहीकालागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको बुधवार त्यहाँका प्रहरी प्रबक्ता डिएसपी राजु लामाले जानकारी दिए ।

उनका अनुसार भारतबाट भन्सार छली गरि ३ लाख १३ हजार २ सय मुल्य बराबरको दुई बोरामा राखिएको ५ सय २२ थान छालाको पेटी –(बेल्ट ) बरामद गरिएको हो ।

त्यस्तै, भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको लु १ च ६४१३ नम्वरको पिकअप जिपमा सय वटा दुई क्वीन्टल बोईलर कुखरा प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले सुस्ता गाउँपालिका –५, टुटहवा पुलबाट नियन्त्रणमा लिएको थियो ।

उक्त कुखराको मूल्य अन्दाजी ३८ हजार र गाडीको मूल्य अन्दाजी ७ लाखसहित नियन्त्रणमा लिई चालक सहित महेशपुर पशु क्वारेन्टा कार्यालयमा बुझाईएको डिएसपी लामाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!