हिपमत डटकम

सोमबार, मंसिर २२, २०७७ || 1178  पटक पढिएको

काठमाडौं। पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले फेरि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहार गरेका छन् ।सोमबार बिहान उनले नेकपाको स्थायी कमिटी बैठकपछि उत्पन्न परिस्थितिलाई लिएर प्रचण्डमाथि कडा प्रहार गरेका हुन् ।

बास्कोटाले त्रासदीपूर्ण डोबहरुको सट्टा सधै स्वतन्त्रताको लामो यात्रा जनताले रोज्ने उल्लेख गरेका छन् । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी ओली उपस्थित नभई पार्टीलाई विभाजनका डिलमा पुर्याउने तयारीसहित बैठक राखिएकाले आफू बैठकमा सहभागी नभएको लिखितपत्र पठाएका थिए ।

ओलीले आफूलाई हटाउने प्रपञ्च भइरहेको खुलाएका थिए । त्यसैलाई आधार बनाएर बास्कोटाले प्रचण्डमाथि प्रहार गरेका हुन् ।

उनले लेखेका छन्, ‘युद्धमा शत्रुको भौतिक सफाया जीतको प्रमाण हो, तर राजनीतिमा विजयको आधार खुल्ला प्रतिस्पर्धा।मित्रताको अंगालोको ढोंगमा ढाडमा चुप्पी रोपेर निकालिने जीत आफ्नै जीवनलाई लखेटिरहने आफ्नै पाइतालाका त्रासदीपूर्ण डोबहरु मात्र। र, आममानिसहरु सधै स्वतन्त्रताको लामो यात्रा रोज्नछन् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!