हिपमत डटकम

आइतबार, मंसिर २१, २०७७ || 997  पटक पढिएको

त्रिकोण आकारको थुरमीमा ‘तान्त्रिक शक्ति छ’ भनेर सामाजिक सञ्जालमा भिडियो बनाएर महङ्गोमा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले भ्रम फैलाउने मकवानपुर घर भएका जीवन प्रजा र ओखलढुंगाका जय गिरीलाई पक्राउ गरेको हो ।

४५ वर्षीय प्रजा झाक्री काम गर्छन् । ४३ वर्षीय गिरीसँग मिलेर उनले पित्तलको थुरमीलाई चामल भएको माटाको भाँडोमा गाडेर भ्रम फैलाउने गरेका थिए । चामलमा गाडेपछि थुरमी उचाल्दा माटोको भाँडो समेत उचालेको भिडियो बनाएर उनीहरुले अलौकिक शक्ति भएको भन्दै फेसबुकमा प्रचार गरे ।

सो थुरमी घरमा राख्दा राम्रो हुने भन्दै ५० हजारमा बेच्ने प्रयास गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) प्रज्वल महर्जनले बताए । कुपण्डोलबाट पक्राउ गरिएका दुई आरोपीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!