हिपमत डटकम

मंगलबार, मंसिर ०९, २०७७ || 831  पटक पढिएको

तीव्र गतिका बलर इशान्त शर्मा र ब्याट्सम्यान रोहित शर्मा अष्ट्रेलिया विरुद्धको टेष्ट श्रृखंलाको पहिलो दुई टेष्ट खेलबाट बाहिरिएका छन् । भारतले अष्ट्रेलियामा चार म्याचको टेष्ट श्रृखंला खेल्नेछ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार इशान्त शर्मा बलिंगका लागि फिट देखिएपनि टेष्ट श्रृखंलामा बलिंगको चाप वहन गर्न कम्तीमा दुई साता पूर्णरुपमा तयारी गर्नुपर्ने देखिएको छ । टेष्ट श्रृखंलामा सहभागी हुन एकजना बलरले फिटनेस परीक्षणमा २० ओभर बलिंग गरेपछि मात्रै फिट घोषित गरिन्छ । तर अभ्यास अघि भारतबाट अष्ट्रेलिया प्रस्थान गरेपछि उहाँले १५ दिनको अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएकोले जनवरी सातमा सुरु हुने तेस्रो टेष्टमा सहभागी हुन समेत कठिन देखिएको छ ।
इन्डियन प्रिमियर लिगको क्रममा घाइते हुनुभएका ब्याट्सम्यान रोहित शर्माको फिटनेस सुधारिएको देखिए पनि यात्राका लागि डिसेम्बर दोस्रो साता मात्रै अनुमति पाउनुहुनेछ । अष्ट्रेलिया पुगेको अवस्थामा पनि रोहितलाई पूर्ण स्वस्थ्य हुन कम्तीमा दुई साता लाग्ने बताइएको छ । बीसीसीआईका एक अधिकारीले भने आईपीएल सकिएपछि यूएईबाट सिड्नी प्रस्थान गरेको भए रोहितका लागि उपयुक्त हुने भए पनि त्यसो हुन नसक्दा उहाँ पहिलो दुई टेष्ट खेलका लागि उपलब्ध हुने सम्भावना कम रहेको बताए ।
सिड्नी प्रस्थान गरेको टोलीमा जसप्रित बुमराह, उमेश यादब, मोहम्मद सामी र मोहम्मद सिराज तीव्र गतिका बलर उपलब्ध छन् । आवश्यक परेमा कात्र्तिक त्यागी, कमलेश नगरकोटी र इशान पोरेल समेत आरक्षित खेलाडीहरु छन् ।
रोहितको अनुपस्थितिमा टोली व्यवस्थापनले श्रेयस ऐयरलाई नियमित एघारमा राख्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!