हिपमत डटकम

सोमबार, मंसिर ०८, २०७७ || 1021  पटक पढिएको

डेनिल मेदभेदेभ एटीपी फाइनल्सको च्याम्पियन हुनुभएको छ । उपाधिको लागि भएको खेलमा उहाँले डोमिनिक थिमलाई हराउनुभएको हो ।

लण्डनको ओ २ एरेनामा गए राति अबेर सम्पन्न खेलमा रुसी मेदभेदेभले ४–६ ७–६(७–२) ६–४ ले विश्व वरियताका तेस्रो स्थानका थिमलाई हराउनुभयो । थिमले दोस्रो सेटमा अग्रता लिँदा मेदभेदेभले अन्तिम सेटलाई निर्णायक बनाउनुभयो । २४ वर्षीय मेदभेदेभ विश्व वरियतामा यस वर्ष चौथो स्थानमा रहनुहुनेछ ।

मेदभेदेम एकै सिजनमा विश्व वरियताका शिर्ष तीन स्थानका टेनिस खेलाडीलाई हराउने पहिलो खेलाडी बन्ने कीर्तिमान समेत बनाउनुभएको छ । यसअघि उहाँले नोभाक जोकोभिच र रफाल नाडललाई हराउनुभएको थियो । नोभेम्बर २०१९ देखि अक्टोबर २०२० सम्म उहाँले विश्व वरियताका शिर्ष दश स्थानका कुनै पनि खेलाडीलाई पराजित गर्न सक्नुभएको थिएन । तर चार साताको अन्तरालमा उहाँले विश्व वरियतामा शिर्ष दश स्थानमा रहेका सात जना टेनिस हस्तीलाई पराजित गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!