
भारतमा आइतबार अनलाइन स्ट्रिमिङ वेबसाइट नेटफ्लिक्स बहिष्कारको माग गर्दै थुप्रै ट्वीट गरिएको छ । जसका कारण थुप्रै घण्टादेखि #BoycottNetflix ट्वीटरमा टप ट्रेन्ड बनेको छ ।

यसको कारण नेटफ्लिक्सको एक सिरिज ‘अ सुटेबल बोय’ को दृश्य हो जसमाथि आपत्ति जताइँदै छ ।
यो कार्यक्रमको एक सीनमा एक युवा र युवती मन्दिरको प्राङ्गणमा चुम्बन गरिरहेका छन् र पछाडि भजन गुञ्जिरहेको छ ।
कार्यक्रमको पटकथा अनुसार एक हिन्दू महिला एक मुस्लिम युवकलाई प्रेम गर्छिन् र आपत्ति यसैमा जताइँदै छ ।
Shame On You Netflix 😠#BoycottNetflix https://t.co/q7jTaQlbLi
— Narendra Kumar Chawla (@NarendraKChawla) November 22, 2020
गौरव तिवारी नामका एक ट्वीटर प्रयोगकर्ताले यो मामिलामा मध्य प्रदेशको रिवामा एफआईआर दर्ता गरिएको दाबी गरे । गौरव तिवारीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फलो गर्छन् ।
मध्य प्रदेशका गृहमन्त्रीले दिए अनुसन्धानको आदेशः
यसैबीच मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले यी कथित आपत्तिजनक दृश्यलाई एक धर्म विशेषको भावनालाई आहत बनाएको बताउँदै प्रहरी अधिकारीले यो विवादास्पद दृश्यको अनुसन्धान गराउन निर्देशन जारी गरेका छन् ।
आफ्नो ट्वीटर अकाउन्टमा एक भिडियो जारी गर्दै नरोत्तम मिश्राले भने, ‘एक ओटीटी मिडिया प्लेटफर्ममा ‘अ सुटेबल बोय’ कार्यक्रम जारी गरिएको छ जसलाई म आपत्तिजनक मान्छु । एक मन्दिरभित्र व्यक्तिबीच चुम्बनको दृश्य छायांकन गरिएको छ र पछाडि भजन पनि बजिरहेको छ । लगातार दुई तीन पटक यस्तै गरिएको छ । यसले भावनालाई आहत गरेको जस्तो मलाई लाग्छ । मैले अधिकारीलाई यसको अनुसन्धान गर्न निर्देशन दिइसकेको छु । ओटीटी प्लेटफर्ममा यो कार्यक्रमको उद्देश्य के हो । निर्माता–निर्देशकमाथि के कारवाही हुनसक्छ । यी सबै बिन्दुको परीक्षण गरेर तत्काल मलाई अवगत गराउनुहोस् ।’
एक #ओटीटी_मीडिया_प्लेटफॉर्म पर "A Suitable Boy" नामक फ़िल्म जारी की गई है। इसमें बेहद आपत्तिजनक दृश्य दिखाए गए हैं जो एक धर्म विशेष की भावनाओं को आहत करते हैं। मैंने पुलिस अधिकारियों को इस विवादास्पद कंटेंट का परीक्षण कराने को निर्देशित किया है। pic.twitter.com/oYSiizJxCQ
— Dr Narottam Mishra (Modi Ka Parivar) (@drnarottammisra) November 22, 2020
ट्वीटरमा प्रतिक्रियाः
#BoycottNetflix सहित ट्वीटरमा मानिसहरु लगातार ट्वीट गरिरहेका छन् ।
केही मानिसहरुले नेटफ्लिक्समा लभ जिहादको महिमा गरेको आरोप लगाइरहेका छन् ।
राष्ट्रवादी क्याप्टेन ज्याक नामका ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘नेटफ्लिक्सलाई मन्दिर परिसरभरी चुम्बनको दृश्य छायांकन गरेर हिन्दुको भावना आहत गरेका कारण आजै अनइन्स्टल गर्नुहोस् ।’