हिपमत डटकम

आइतबार, मंसिर ०७, २०७७ || 1077  पटक पढिएको

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारती सिंहपछि उनका श्रीमान् हर्ष लिम्बचियालाई पनि ड्रग्स केसमा पक्राउ गरेको छ । एनसीबीका क्षेत्रीय निर्देशक समिर वनखेडेले सो कुराको पुष्टि गरेका हुन् ।

भारती र हर्षको घरमा शनिबार छापामारी गरिएको थियो जहाँ उनीहरुको घरमा गाँजा भेटिएको थियो । यतिमात्रै होइन, एनसीबी अधिकारीको सोधपुछमा हर्ष र भारतीले गाँजा सेवन गर्ने गरेको स्विकारेका छन् ।

स्मरण रहोस्, घरमा गाँजा भेटिएपछि भारती र हर्षलाई समन पठाएर एनसीबी कार्यालयमा सोधपुछका लागि बोलाइएको थियो । शनिबार बेलुका सोधपुछ पछि भारतीय सिंहलाई पक्राउ गरिएको थियो । भारती र हर्षका सहयोगीसँग पनि सोधपुछ गरिएको थियो । उनीहरुले गाँजा मगाउने स्रोतबारे पनि एनसीबीले पत्ता लगाइसकेको बताइएको छ ।

भारती सिंहलाई पक्राउ गरेपछि एनसीबीले रातभरी अफिसमा नै राख्यो । त्यहाँ उनीसँग सोधपुछ चल्यो । भारतीकी आमालाई छोरीलाई राती नै भेट्न पुगिन् तर भेट्ने अनुमति दिइएन । आइतबार भारतीलाई अदालतमा पेश गरिनेछ । अदालतले उनलाई कस्तो निर्णय सुनाउँछ, त्यो भने देख्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!