हिपमत डटकम

बिहिबार, मंसिर ०४, २०७७ || 856  पटक पढिएको

१. सन् १९५१ को नोभेम्बर १९ तारिखमा जन्मिएकी जिनत अमालाई बलिउडकी ती नायिकाको रुपमा याद गरिन्छ जसले नायिकाको परिभाषालाई पनि परिवर्तन गरिदिइन् ।

२. जिनतले जब फिल्म इन्डष्ट्रिमा कदम राखिन् तब धेरैजसो नायिका इन्डियन लुकमा देखिन्थे, तर जिनतले वेस्टर्न लुकमा आफूले आफैंलाई पेश गरिन् ।

३. फिल्ममा बोल्डनेसलाई पनि जिनत अमानले नयाँ परिभाषा दिइन् । क्यामराका अगाडि बिना हिच्किचाहट उनी बिन्दास तरिकाले पेश भइन् । यसै कारण उनलाई ‘सेक्स सिम्बोल’ को उपाधि दिइएको छ ।

४. जिनतका पिता अमानुल्लाह खान स्क्रिप्ट राइटर थिए र सहायकको रुपमा उनले ‘मुगल–ए–आजम’ र ‘पाकिजा’ जस्ता फिल्मको स्क्रिप्ट लेखे । उनले अमान नामबाट लेख्दथे ।

५. जिनत १३ वर्षको हुँदा उनका पिताको निधन भयो । त्यसपछि उनले आफ्नो नाममा पिताको नाम जोडिन् र उनी जिनत खानबाट जिनत अमान बनिन् ।

६. जिनतकी आमाले हेज नामका जर्मन पुरुषसँग दोस्रो विवाह गरिन् र उनले जिनतलाई पनि जर्मनी लिएर गइन् । त्यहाँबाट उनी लस एन्जिल्समा पढ्न गइन् तर १८ वर्ष पुगेपछि उनले आफ्नो पढाई बीचमा नै छोडेर भारतमा करियर बनाउन फिर्ता भइन् ।

७. फिल्म अभिनेता रजा मुराद जिनतका कजन हुन् ।

८. जिनतले पत्रकारको रुपमा ‘फेमिना’ मा काम गरिन् र पछि उनी मोडलिङतर्फ मोडिइन् । ताज महल चियापत्तीका लागि उनले मोडलिङ गरिन् ।

९. जिनतले मिस इन्डिया प्रतियोगितामा पनि भाग लिइन् र सेकेन्ड रनर अप रहिन् । सन् १९७० मा उनी मिस एशिया प्यासिफिक बनिन् ।

१०. जिनतलाइ ओपी रल्हनले फिलममा पहिलो पटक अवसर दिए । ‘हलचल’ (१९७१) उनको पहिलो फिल्म हो ।

११. हलचल र हंगामा (सन् १९७१) नराम्रोसँग फ्लप भएपछि जिनतले आफ्नी आमा भएठाउँ जर्मनी फर्कने निश्चय गरिन् । तर यसैबीच उनलाई बलिउडका सुपरस्टार देव आनन्दले ‘हरे रामा हरे कृष्णा’ अफर गरे जुन सन् १९७१ मा नै रिलिज भयो ।

१२. हरे रामा हरे कृष्णाका लागि जिनत पहिलो रोजाइ थिइनन् । पहिला जाहिदालाई फिल्म अफर गरिएको थियो । तर उनी देव आनन्दकी बहिनीको साटो उनकी प्रेमिका बन्न चाहन्थिन्, त्यसैले उनले फिल्म छोडिन् र देवले जिनतलाई फिल्मका लागि चयन गरे ।

१३. हरे रामा हरे कृष्णामा जिनतले आफ्नो वेस्टर्न स्टाइललाई यसरी पेश गरिन् कि त्यो करोडौं दर्शकको दिलको धड्कन बन्यो । उनीमाथि छायांकन गरिएको गीत ‘दम मारो दम’ आज पनि युवालाई निकै मनपर्छ ।

१४. जिनत अमानलाई देव आनन्दले निकै रुचाउँथे । जिनतसँग उनले हिरा पन्ना, इश्क इश्क इश्क, प्रेम शास्त्र, वारन्ट, डार्लिङ डार्लिङ र कालाबाजजस्ता फिल्ममा अभिनय गरे । वर्षौंपछि देव आनन्दले स्विकारेका थिए कि उनी जिनत अमानलाई मन पराउन थालेका थिए ।

१५. यादों कि बारात (सन् १९७३) को सफलतापछि जिनत अमान स्टार बनिन् । यो फिल्ममा ‘चुरा लिया हे तुमने जो दिल को’ गीत जिनतमाथि छायांकन गरियो र त्यो युवको धड्कन बन्यो ।

१६. वेस्टर्न लुक, हट अन्दाज र छोटा छोटा लुगा लगाउने भएका कारण जिनत अमान म्यागजिनकी प्रिय अभिनेत्री बनिन् । थुप्रै म्यागजिनको कभरमा उनले शोभा बढाइन् र यसै कारण उनलाई कभर गर्ल्ससमेत भन्न थालिएको थियो ।

१७. जिनत अमानलाई कहिले पनि उत्कृष्ट अभिनेत्रीको श्रेणीमा राखिएन तर पनि उनले त्यतिबेलाका चर्चित फिल्म निर्माता देव आनन्द, राज कपूर, बिआर चोपडा, फिरोज खान, प्रकाश मेहरा, मनोज कुमार, मनमोहन देसाई, राज खोसलासँग काम गरिन् ।

१८. सन् १९७८ मा जिनतका दुई ठूला फिल्म सत्यम शिवम सुन्दरम र शालिमार फ्लप रह्यो जसका कारण जिनतको करियरमा पश्न चिन्ह उठ्यो । तर जिनत सफल फिर्ता हुन सकिन् ।

१९. सत्यम शिवम शुन्दरमलाई राज कपुरले निर्देशित गरेका थिए । उनीसँग काम गर्नु हरेक नायिकाको इच्छा हुन्थ्यो । जिनतले यो फिल्ममा मज्जाले अंग प्रदर्शन गरिन् र उनलाई कुरुप स्त्रीको रुपमा फिल्ममा पेश गरियो । फिल्म प्रदर्शनमा आएपछि जिनतको बेस्सरी आलोचना भयो तर पछि उनले यो फिल्ममार्फत् चर्चा पनि पाइन् ।

२०. जिनतले त्यति बेलाका चर्चित कलाकार अमिताभ बच्चन, धर्मेन्द्र, देव आनन्द, राजेश खन्नासँग काम गरिन् ।

२१. फिल्म डनमा उनले एक्सन गरिन् र उनको भूमिकालाई धेरैले रुचाए । डनका निर्माता नरिमन इरानीको फिल्म निर्माणको क्रममा मृत्यु भएको थियो त्यसैले उनले फिल्ममा काम गरेबापत् एक पैसा पनि लिइनन् ।

२२. जिनत अमानका यस्ता थुप्रै फिल्म छन् जसमा सेक्स अपिल बढाउनका लागि मात्रै उनलाई अभिनय गराइयो ।

२३. अलिबाबा र ४० चोरपछि जिनत अमानको लोकप्रियता रुसमा बढ्यो ।

२४. कुनै नायिकालाई बोल्ड अन्दाजमा देखियो भने उनलाई ‘जिनत’ भनियो । जस्तै परवीन बाबीलाई ‘गरिबको जिनत अमान’, ‘सारिकालाई ‘जिनत अमान टु’, पद्मिनी कोल्हापुरेलाई ‘बेबी जिनत’ र बिपाशा बसुलाई ‘न्यू एज जिनत’ भनियो ।

२५. जिनत अमानले सन् १९८५ मा मजहर खानसँग विवाह गरिन् । सन् १९९८ मा मजहरको मृत्यु भयो । अजान र जहान नामका उनका दुई छोरा छन् ।

२६. जिनतको फिरोज खान, इमरान खान, कंवलजीत र सञ्जय खानसँग पनि नाम जोडियो । जिनतले सञ्जयसँग त विवाह नै गरेको पनि बताइयो । यद्यपि, उक्त सम्बन्ध केही दिनका लागि मात्रै टिक्न सक्यो । यी दुईबीच एक पार्टीमा कुटपिट भएको खबरले पनि असाध्यै चर्चा बटुलेको थियो ।

२७. सत्यम शिवम सुन्दरम, कुरबानी, अब्दुल्लाह, दोस्तानजस्ता फिल्म जिनतको अंग प्रदर्शनका कारण याद गरिन्छ ।

२८. सन् १९७२ मा जिनतलाई फिल्म हरे रामा हरे कृष्णाका लागि बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड प्रदान गरियो ।

२९. सलमान खानले ‘मेंने प्यार किया’ हेर्नका लागि जिनत अमानलाई बोलाए । फिल्म हेरेर बाहिर आएपछि सलमानले फिल्मबारे सोधे । जिनतले फिल्मको आलोचना गर्दै भनिन्, ‘यो कस्तो फिल्म हो जसमा हिरोइनको कुर्कुच्चामा क्रिम लगाउँदै गर्दा हिरोले आँखा बन्द गर्छ ।’

३०. जिनतलाई असाध्यै पढ्न मनपर्छ । उनी नयाँ किताब खोजीखोजी पढ्छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!