प्रदेश एकको राजधानी विराटनगरको रानीमा नेपालीहरुको महान पर्व तिहारको शुभ साइतमा शनिवार जिम सेक्टरको शुभारम्भ भएको छ ।
तालिम प्राप्त प्रशिक्षक अमजद आलम र उनका टीमद्वारा संचालन हुने जिम सेक्टरमा फिट्नेस सम्बन्धी हरेक प्रकारका उपकरणहरुको व्यवस्था गरिएको छ । मोरङ जिल्ला बडिबिल्डिङ एण्ड फिटनेश एशोसिएसनका अध्यक्ष अमलेश कर्णले रिवन काटेर जिम सेक्टरको उद्घाटन गरेका हुन् ।
कोरोना कालको वर्तमान अवस्थामा स्वास्थ्य नै ठूलो सम्पती हो भन्ने भावना जन–जनमा व्याप्त भई सकेकोले शारीरिक स्वस्थ्यता र फिटनेसको लागि जिम सेक्टर संचालनमा ल्याएको संचालनक अमजद आलमले बताए ।
कार्यक्रमका सहभागि मोरङ जिल्ला बडिबिल्डिङ एण्ड फिटनेश एशोसिएसनका अध्यक्ष अमलेश कर्ण, उपाध्यक्ष उमेश कार्की, महासचिव उत्तम ढुङगेल, सचिव जितु रजक, कोषाध्यक्ष परबेज खान सदस्य, प्रदिप भुजेल लगायतका व्यक्तीहरुले जिमको महत्वको विषयमा आफ्नो धारणा राखेका थिए ।