हिपमत डटकम
काठमाडौं,माघ-७: झूटो विवरण पेश गरेर वीरगञ्जबाट छाला पठाइएको ७ महीनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छानविन थालेको छ । कोलकाता बन्दरगाहमा रोकिएको छाला फिर्ता ल्याएर छानविन अघि बढाउन गत पुस ११ गते मन्त्रिस्तरीय निर्णय भएको हो । बाराको होङ हुई टेनरिज प्रालिले इन्डोनेशिया पठाउन लागेको ३ कन्टेनर छाला भन्सारमा गरिएको घोषणाभन्दा फरक भेटिएको थियो । उद्योगले गत असार ६ गते वीरगञ्जको सुक्खा बन्दरगाहमा क्रस्ट लेदर (प्रशोधित छाला) भनेर पठाएको छाला भारतको कोलकाता भन्सारले रोकेको थियो । छालाको गुणस्तर जाँच गर्दा ‘र स्किन प्रोडक्ट’ (कच्चा छाला) प्रमाणित भएको थियो । मन्त्रालयले गत पुस १४ मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र लेखेर छानविन अघि बढाउन निर्देशन दिएको छ । कोलकातामा रोकिएको छाला नेपाल फिर्ता ल्याएर छानविन गर्न मन्त्रालयले विभागलाई पत्राचार गरेको हो । कन्टेनर ल्याँउदा लाग्ने खर्चसमेत उद्योग तथा ढुवानीकर्ताबाट भराउन भनिएको छ । वीरगञ्जमा ल्याएर भन्सार कार्यालय, पशु क्वारेन्टाइन र वीरगञ्ज उद्योग वाणिज्य संघको समन्वयमा छानविन गरी प्रतिवेदन बुझाउन मन्त्रालयले निर्देशन दिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!