हिपमत डटकम

बुधबार, कार्तिक २६, २०७७ || 580  पटक पढिएको

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व वरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष प्रचण्डले बुधबार एक शोक वक्तव्य जारी गर्दै नेपाली कम्युनिष्ट आन्दोलन, जनयुद्ध, र शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका मरहठ्ठाको नेपालको राजनैतिक परिवर्तनमा ठूलो योगदान रहेको स्मरण गरेका छन् ।

‘विभिन्न पुस्तकका लेखक तथा बौद्धिक व्यक्तित्वका धनी कमरेड मरहठ्ठाले गोरखा जिल्लाको शिक्षक आन्दोलन र त्यस क्षेत्रको शैक्षिक विकासमा खेल्नुभएको भूमिका प्रशंसनीय छ । दिवगत कमरेड मरहठ्ठाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु’, प्रचण्डले भनेका छन् ।

उनको बुधबार बिहान स्टार अस्पताल, ललितपुरमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!