हिन्दुहरुको महान पर्व छठ माथी प्रतिबन्ध लगाएको विषयमा आज विराटनगरका करिब एक दर्जन संघ–संस्थाका प्रतिनिधिहरुले पत्रकार सम्मेल गरी प्रेश विज्ञप्ती सार्वजनिक गरेर आलोचना गरेका छन् ।

नौ वटा संस्थाका अध्यक्षहरुद्वारा निकालिएको प्रेश विज्ञप्ती मार्फत हामीले हाम्रो आस्थाको संरक्षण खोजेका हौ, संघर्ष होइन । आस्थाको लागि हामी संघर्ष होइन संरक्षण चाहन्छौ र यो विषय सम्बन्धित निकायले बुझ्न जरुरी रहेको नेपाल वैश्य युवा संघ मोरंगका अध्यक्ष गणेश साहले हिपमत डटकमलाई बताउनु भयो।

पत्रकार सम्मेलनका वक्ताहरुले सरकारका विभिन्न भेला, उद्घाटन, शिलान्यास सहितका अन्य कार्यक्रम भई रहेको तथा उद्ययोग प्रतिष्ठान, कार्यालय, मल र बजारहरु समेत सुचारु भई रहँदा पनि छठ जस्ता महान धार्मिक तथा सांस्कृति पर्वमाथी प्रतिबन्ध लगाउन सरकारको बदनियतपूर्ण निर्णय हामीलाई स्वीकार्य न हुने भन्दै आक्रशो व्यक्त गरेका छन् । उनीहरुले कोरोना बाट सबभन्दा बढी प्रभावित अमेरीका र भारत जस्तो देशमा चुनाव समेत भएको हामी देखि सकेका छौ तर सरकारद्वारा जारी मापदण्ड पालना गरी हामीले आफ्नो पर्व पनि मनाउन नसकिने ? के यो हाम्रो आस्था संग खेलबाड होइन ? भन्दै सम्बन्धित नियका संग प्रश्न समेत गरेका छन् ।

विज्ञप्तीमा श्री त्रिलोकनाथ तथा छठपुजा मन्दिर विराटनगर, झरना चौक छठपुजा समारोह समिति विराटनगर, पिछरा वडा नं. ११ छठपुजा समारोह समिति विराटनगर, हिन्दु परिषद नेपाल मोरंग, श्रीहलुवाई समाज कल्याण सेवा समिति, सहनी कल्याण समाज समिति, नेपाल वैश्य युवा संघ मोरंग, मोरंग माछा व्यवसाय संघ, मरिक टोल संगठन विराटनगर–११ का अध्यक्षहरुको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!