हिपमत डटकम

आइतबार, कार्तिक २३, २०७७ || 695  पटक पढिएको

पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । ७० वर्षीय लामाको आज विहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

दुवै मृगौलाले काम गर्न छाडेपछि लामा २ वर्षदेखि नियमित रुपमा डायलाइसिस गर्दै आएका थिए । निमोनिया भएपछि सोमबारबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

उनी २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका थिए । उनी २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दी मध्य लामा एक थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!